रन्जित तामाङलाई आफ्नै कार्यकर्ताको मार्मिक खुला पत्र !



०८ साउन २०७६, काठमाडौं

प्रिय कमरेड रन्जित,

क्रान्तिकारी अभिबादन !

नेपालको राजनीतिक आन्दोलनको ईतिहास हेर्दा पढ्दा र बुझ्दा जहिले पनि नेपाली नागरिकहरुलाई खाली जनताको तहमा राख्ने र त्यस्तै किसिमको ब्यवहार गर्ने संस्कार सरेको पाईन्छ ।

हामी कम्युनिष्टले त्यो वर्गसंघर्षको निम्ति लडाइँ लडेका हैनौ र ? जसले सत्ता नै परिवर्तन गरोस् सरकार हैन, बुझ्नुपर्ने कुरा के छ भने यहाँ सरकार मात्रै परिवर्तन भयो, संस्कार त उहीँ रह्यो अनि कसरी आउन सक्यो र जनताको अवस्थामा खास परिबर्तन ?

नीजि स्कूल कति हामीले बन्दै गरेर हिड्ने गरे पनि सारमा हामी आफैं बदलियौं संसार बदल्न हिडेका हामी आफैं बदलिन पुग्यौं ।

जनताले हामीलाई त्यसै तिरस्कार गरेका हैनन्, हामी जब पुग्दै नपुग्ने नारा र भाषण गर्न थाल्यौं अनि जनताले पत्याउन छाडे ।

मलाई याद छ, माओवादी आन्दोलन ताका तास खेल्नेहरुलाई तास नै चपाएर निल्न लगाए, माओवादी नाम लिन साथ श्रीमतीलाई सघाउन साँझ घर पुग्न थाले लोग्ने मान्छेहरु, अनि गाउँले महिलाले माओवादीलाई समर्थन गरे । गरे मात्रै हैन नाकको फुली र कानको रिङ फुकालेर पार्टीलाई जिम्मा लगाए ।

त्यो जनताको सम्पति कति खर्च भयो र कति बाँकी छ त्यो कहाँ छ ? हामीले कहिल्यै खोजी निधी गर्याै र ?

प्रीय मित्र,

जाड रक्सी पोख्ने मात्र हैन हालेको भए पाता फर्काएर पिटे ती माओवादी महिलाले अनि जनवादी शिक्षा सिकाउन थाले, राजनैतिक कखरा गराउन थाले ।

अनि ती बृद्ध र महिला मात्रै हैन पुरुषहरुले पनि बुझें, आज अन्त के छ थाहा छैन मेरो जिल्लामा झारफुक गर्ने तल्लो घर र माथ्लो घरमा एक गिलास जाड र १ माना चामल बोकेर हात मुख जोड्ने मानिस नयाँ चेत बोकेर नयाँ आन्दोलनमा लाग्यो । हत्केलामा जीवन बोकेर हिड्यो त्यतिबेला मकै ६५ रुपैयाँमा किनेर जाड हालिन्थ्यो तर ढिडो खाने अन्न गाउँमा हुन्नथ्यो । धमाधम गाउँमा जाड रक्सी नियन्त्रण हुन थाल्यो आमा समूह बन्यो, मकै २० रुपैयाँ पाथीमा आउन लाग्यो र अघाउजी ढिडो खान पाईयो । यस्को उदाहरण अन्त छ कि छैन मेरो जिल्लामा  नेकपाको नेतृत्वमा यस्ता ब्यक्ति अहिले नै छन् । उनले बिर्से होलान् तर मेरो कलिलो मानसपटलमा अहिले पनि त्यो ताजा छ ।

हामीले फेरी कहिले बेथिति विरुद्ध बोल्यौं र ?

हामी कहाँनेर बिग्रेपछि आन्दोलन सकिदै गयो ?

जब ार्टीभित्र नयाँ आगन्तुक भित्र्याउन थालियो, रुपान्तरण त्यहीबाट सुरु भयो । जाडको घ्याम्पो फुटाउन गाको माओवादी आफैं मातेर जनताकोमा पुग्यो । जनताको आँगनमा आजै हिडेका नयाँ क्रान्तिकारी साथीलाई सेन्ट्री बसाएर  उ आफै तास खेल्न थाल्यो ।

जब जनताका घर आँगनमा प्रष्ट अन्तर संघर्ष छताछुल्ल पोखियो ।

अब बिभाजन र विघटनको सुरुवात भयो । मैले त्यतिबेला पनि माओवादी आन्दोलन त्रिवेणी भयो भन्दा मैले धेरै खन्डन खेपेको थिए ।

आज आएर तपाईं त्यस्को विकसित रुप हेर्नुस्, सानो छलफल पनि पिजरिया र नाईट पार्टीले टुंगिनु कति दुःख लाग्दो कुरा होला ?

५४ तिर माओवादी आन्दोलन सक्न खाओवादीको  घुसपैठ भयो अहिलेको कम्युनिष्ट पार्टी सक्न यो एकता प्रक्रियामा सच्चा क्रान्तिकारी कम्युनिष्टलाई पाखा लागाउँदै नव धनाड्य, ठेकेदार, गुन्डा, ब्यापारी, उद्यमी, भ्रष्ट र बिचौलियालाई हाबी गराउदै समाजवादको बर्काे ओढेका दलाल पूजीबादका ठेकेदारहरुले पार्टीको उपल्लो कमिटीमा बसेर यिनका परिचालित शक्ति केन्द्रलाई रिपोर्ट बाडिरहेका छन् ।

यसलाई चिर्नुछ, ‘नयाँ अभियान र आन्दोलनले एउटा राष्ट्रप्रेमी जङ्गे जन्माउनु छ’ , त्यसैले आउनुस, एउटा भिष्म प्रतिज्ञा गरौं !

सरकारले राम्रो गर्न सकेको छ एउटा मात्र भनौं त ? छैन चिया पसलमा बसेर चिया खान नसकिने भईयो । सुनौं रिस उठ्छ नसुनौं बहस गर्ने बाटै छैन ।

सरकारले न सक्छ न त गर्छ । स्मरण रहोस् कमरेड आज नि काग्रेसको भन्दा बढी एमालेहरुको नीजि स्कूल छन् । यो डाटा निकाल्नु भयो भने मेरो अनुमानले फेल खादैन । हामी साँच्चै वर्गसंघर्षको भट्टीबाट यो कसमको साथ नझुकी नथाकी र  सोझा अभिभावक र विद्यार्थीलाई नझुक्याई  भोलिदेखि सुरु गरौं यो आन्दोलन ! एउटा स्कूल छ मेरो पनि मेरैबाट सुरु गरौं । आउनुस सबैभन्दा अगाडि म हुन्छु यो आन्दोलनमा ।

दम छ रन्जित जि ? मेरो तपाईको धारणा प्रति एक्यवद्धता छ नत्र यो  दुनियाँ विद्यार्थीहरु खास गरि मध्यम बर्ग (वर्गसंघर्षको तप्का) उत्तेजित गर्ने र थेच्याउने नगरु कि ? यसले झन निराशा ल्याउला र कम्युनिष्ट आन्दोलनलाई अझैं जनताले घृणा गर्लान् ।

क. हेम खड्का

प्रतिक्रिया दिनुहोस्