नेकपाको आकस्मिक संसदीय बैठक बस्दै



०८ साउन २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

संसदमा रहेको अवरोध हटाउन कांग्रेस–राजपासँग सहमति जुटे लगत्तै नेकपाले संसदीय दलको आकस्मिक बैठक बोलाएको हो ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको नेकपाका नेताहरुले बताएका छन् । उनीहरुले संसदको गतिरोध हटाउने सहमति भइसकेको पनि बताएका छन् ।

सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेसबीचको विवादका कारण प्रतिनिधि सभाको बैठक गत अषाढ ३० मा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्