
०८ साउन २०७६, काठमाडौं
विप्लव नेतृत्वको उपत्यका ब्युरो इन्चार्ज तथा जनवादी गायक माइला लामा हिजो पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका छन् ।
सँगसँगैं माइला लामाको अनुयायी तथा उनका आफन्तजनहरुले उनलाई रिहा गर्न माग गरिरहेका छन् । यो विषय अहिले सर्वत्र भइरहेको छ ।
जनयुद्धका कमान्डर गृहमन्त्री भइरहँदा उनकै पुर्वसहकर्मीमाथि व्यापक दमनसँगैं झुट्टा मुद्दा लगाएको भन्दै गृहमन्त्री राम बहादुर थापाको चर्को आलोचनासमेत भइरहेको छ ।
यसैबिच जनयुद्धमा सुन्ने शक्ति देख्ने शक्ति र हातका औंलाहरु गुमाएका नेता लामा जेल चलान भएपछि उनकी श्रीमती मनु तामाङले गृहमन्त्री थापालाई सम्बोधन गर्दै भावउत्तेजक स्टाटस सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘‘बादल दाइ यदि हजुरको भन्दा मेरो पछि लास परे भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु’, ‘हजुरको कार्यकाल अझ सफल होस्’






