बूढानीलकण्ठका जनप्रनिनिधि र ठेकेदारविच चर्काचर्की (भिडियो सहित)



०८ साउन २०७६, काठमाडौं

तोकिएको समयमा निर्माण सम्पन्न गर्न आलटाल गर्ने निर्माण व्यवसायी र जनप्रतिनिधिविच सडक डिभिजन कार्यालय, काठमाडौंमा चर्काचर्की भएको छ ।

सडक डिभिजन कार्यालय, काठमाडौंमा जनप्रतिनिधि र ठेकेदार बिच चर्काचर्कीको भिडियो :

निर्माण ब्यवासयीका कारण लगातारको बर्षाले बर्षेनी कपन क्षेत्रमा डुबानको समस्या झेल्दै आएका स्थानीयले निकै कष्टकर जीवनयापन गर्न बाध्य भएपछि बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख उद्धब खरेलको नेतृत्वमा सांसद सहितको टोली सडक डिभिजन कार्यालय पुगी तत्काल काम अगाडि बढाउन चेतावनी दिएका छन् ।

छलफलमा नगरप्रमुख खरेलले काम नगर्ने निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राखी कारबाही गर्न समेत दवाब दिने भन्दै द्रुत गतिमा काम सुचारु गर्न चेतावनी दिए ।

छलफलमा नगरप्रमुख खरेल सहित बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भुप्रसाद भट्टराई, १३ का श्रीकृष्ण श्रेष्ठ, ३ का बालकृष्ण श्रेष्ठले निर्माण व्यवसायीहरुले समयमा काम सम्पन्न नगर्ने, सम्पन्न भएको काम गुणस्तरयुक्त नहुने, निर्माण सम्पन्न मंगालहरुमा फर्मा नझिक्ने,  सडक तथा ढल निर्माण निर्माणमा गुणस्तरयुक्त बालुबा गिट्टीको प्रयोग नगर्ने, भईरहेको सडक भत्काई सडकको खाल्डाखुल्डी नपुर्ने, ग्राभेल समेत नहाली हिलाम्मे बनाउने, जनताले सास्ती पाउने, पैसा तपाईहरु कमाउने, गालीबेइजती हामीले सहनु पर्ने भन्दै व्यवसाीहरुमाथि खनिएका थिए ।

जनप्रतिनिधि र जिल्ला सडक कार्यालय प्रमुखसमक्ष प्रतिबद्धता व्यक्त गर्दै कतिपय काम कानुनी झन्झट, कतिपय समयमा स्थानीय अवरोध र कतिपय समयमा आफ्नै कमजोरीले सम्पन्न गर्न नसकिएको स्वीकार्दै जनप्रतिनिधिबाट आवश्यक सहयोग पाउँदापाउँदै आफूले काम गर्न नसकेको निर्माण व्यवसायीले स्वीकार गरी तत्काल कामलाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा संघीय सांसद गगनकुमार थापा, प्रदेश सांसद न्हुच्छे नारायण श्रेष्ठ, सडक विभागका डिई कैलाश श्रेष्ठ, स्थानीय टोल बिकास समितिका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

यो पनि पढनुहोस् :

कपनको डुवान समस्या समाधानमा सक्रिय विकासवादी नेता डा. राजन भट्टराई (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्