
०७ साउन २०७६, काठमाडौं
सिन्धुलिय श्रेष्ठ समाजको १६ औं स्थापना दिवसको अवसरमा मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेवा देयःदबु का केन्द्रिय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको
छ ।

समाजका अध्यक्ष कुमारलाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकार समितीका सदस्य चक्र बहादुर श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, डा. रेवती मान श्रेष्ठ, हिमाल श्रेष्ठ, पुष्प राज श्रेष्ठ, डोर कुमार श्रेष्ठ (काजी), कानुनी सल्लाहकार घनेन्द्र बहादुर श्रेष्ठ, नेवा देय दबु प्रदेश न ३ सदस्य बिना श्रेष्ठको उपस्थिती रहेको थियो ।

समाजका सचिब हरिकृष्ण श्रेष्ठले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष राजन श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने प्रमुख अतिथी ताम्राकारले रक्तदानमा सहभागी ३० जना रक्तदाताहरुलाई प्रमाण–पत्र बितरण गरेका थिए ।

गत संकलन गरि सहयोग गर्ने नोबेल रक्त सन्चार केन्द्र टिम तथा कार्यक्रमका सहभागी तथा रक्तदाताहरुलाई सिन्धुलिय श्रेष्ठ समाजले काठमाडौं हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।






