स्थानीय पूर्वाधार बिकासमा सक्रिय सांसद जीवनराम श्रेष्ठ



०७ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठको प्रमुख आथित्यमा र महानगर प्रवक्ता एंव कामपा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल विशेष आतिथ्यतामा अन्नपूर्ण मन्दिर सिन्तभूलु (सिलण्डोल, अन्नपूर्ण चोकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत विनियोजित पन्ध्र लाख बजेटबाट भवनको माथिल्लो तल्लामा कार्यालय निर्माण र मन्दिरसँगैको यल्म्बर टोलको बाटोमा ब्लक विछाउने कार्य सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा स्थानीय जनसमुदायको उपस्थितीमा उपभोक्ता समितीको तर्फबाट अध्यक्ष राम मणी भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेका छन् । उक्त अवसरमा सोही टोलमा बसोबास गर्ने नेपाली सेनाका उपरथी निरञ्जन कुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

कायक्रममा वडा सदस्य मैया लक्ष्मी महर्जन, अन्नपूर्ण मन्दिर सिलण्डोल र सडक निर्माण उपभोक्ता समितीका पदाधिकारी, स्वयम्भु प्रहरी वृतका नायव उपरिक्षक लालध्वज सुवेदी, जेष्ठ नागरिकको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्