‘प्रधानमन्त्री पदभन्दा देशको समृद्धि प्यारो’



०७ साउन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई प्रधानमन्त्रीको पदभारको भन्दा देशको समृद्धि प्यारो भएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको राजधानीमा आयोजित ४१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री पदभारको भन्दा देशको समृद्धि प्यारो भएको बताएका हुन् ।

त्यस्तै उनले सुदृढ बनाएर विरोधीहरूको षड्यन्त्रलाई परास्त गर्न पनि नेता, कार्यकर्तालाई आफू भित्रको कमीकमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरूले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ हुन नदिने षड्यन्त्रलाई पनि परास्त गरेर अघि बढ्न जरुरी रहेको उनले बताए ।

अध्यक्ष दाहालले पार्टी एकताको बाँकी सबै काम साउन महिना भित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियाननै सञ्चालन गर्ने पनि दोहोर्‍याए ।

 

प्रतिक्रिया दिनुहोस्