गुल्मीमा सुतिरहेका बेला पहिरोले यसरी सहोरेर लग्यो दर्जनौ घर



०७ साउन २०७६, काठमाडौँ

लगातारको वर्षापछि आएको पहिरोले गुल्मीमा ६ जनाको ज्यान गएको छ । हिजो राती घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिएका छन्।

उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिएका छन्। १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएकका छन् , पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको बताइएको छ,  यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको ढकालले जानकारी दिएका छन्।

शबको पहिचान हुन सकेको छैन चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले स्पष्ट  पारेका छन्। यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ ।

बेपता रहेकाको खोजी कार्य जारी छ । अबिरल बर्षा र बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्