गृहमन्त्री थापाले भने, ‘निर्मला प्रकरणमा राजनीति भयो’



०७ साउन २०७६, काठमाडौं

गृहमन्त्री रामबहादुर थापा (बादल)ले निर्मला पन्त प्रकरणमा राजनीति भएको बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए ।

‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजिएको छ भनेर राजनीतिकरण गर्नु दुःखद हो’ उनले प्रतिप्रश्न गरे, ‘के साच्चै गृहले छुटाउन खोजेकै हो त?’

यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले भने, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । यो पहिले पनि थियो र अभै हुने छ ।’

यस्ता घटनाहरुलाई चाहेरै भएपनि रोकथाम गर्न नसक्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्