
०७ साउन २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज देश विदेशमा विभिन्न कार्यक्रमहरु गरि सम्झना गरिएको छ ।
वि. स. २०३५ साल साउन ७ गते निधन भएको उनको आज विभिन्न कार्यक्रम गरि ४१ औं स्मृति दिवस मनाइदैँ छ ।
कांग्रेस, राणा र राजाकाबीचमा भएको दिल्ली सम्झौताको विरोधकै क्रममा वि. स. २००८ सालमा नेकपा प्रतिबन्धित भएपछि पुष्पलाल भूमिगत रहेका थिए ।
भारत निर्वासनमा रहेका पुष्पलाल वि. स. २००९ सालमा भूमिगत रूपमै नेपाल आएर नेपाल कम्युनिष्ट पार्टी, नेपाल प्रजा परिषद् र राष्ट्रिय कांग्रेसलाई समेटेर राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा गठन गरेका थिए ।
टङ्कप्रसाद आचार्य संयोजक र पुष्पलाल सचिव रहेको मोर्चाले संयुक्त सरकार, संविधानसभा, समानुपातिक निर्वाचन प्रणाली, समावेशी सहभागिता, जनजीविका, राष्ट्रियता र राजनीतिक हकअधिकारका लागि सङ्घर्ष अगाडि बढाएको थियो ।





