
०७ साउन २०७६, काठमाडौं
लगातारको वर्षाका कारण देशका मुख्य ६ सडक खण्डहरु अवरुद्ध छन् ।
गृह मन्त्रालयका अनुसार, सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुर–खोटाङ सडक अवरुद्ध छ ।
यसैगरी, मेची राजमार्गअन्तर्गत पाँचथर पाँग्रेभीरमा सडक, कान्ति लोकपथको मकवानपुर ठिङ्गान सडक पनि अवरुद्ध छ ।
लमजुङको बेसिशहर–मनाङ्ग, बेनी–जोमसोम (म्याग्दी अन्नपूर्ण–३) सुचारु भएको जनाएको छ ।
त्यस्तै, सिद्धार्थ राजमार्ग पनि एकतर्फी सुचारु भएको बताइएको छ ।





