आम निर्वाचनमा किम जोङले पाए ९९.९८ प्रतिशत मत



०६ साउन २०७६, काठमाडौं

आइतबार उत्तर कोरियामा भएको आम निर्वाचनमा त्यहाँका नेता किम जोङ उनले शतप्रतिशत मत प्राप्त गरेका छन् ।

आइतबार भएको चुनावमा ९९.९८ प्रतिशत मतदान भएको छ ।  यो सन् २०१५ को तुलनामा ०.०१ प्रतिशत बढी हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले आइतबार बताएअनुसार, विदेशयात्रामा गएका मानिसले मात्र मतदान नगरेका हुन् ।

उत्तर कोरियामा प्रत्येक चार वर्षमा प्रान्तीय, शहरी र काउन्टी एसेम्ब्लीका प्रतिनिधिहरूको निर्वाचनका लागि मतदान हुने गरेको छ ।

तर पर्यवेक्षकहरूका अनुसार, चुनावमा अर्को कुनै पनि उम्मेदवार र प्रतिद्वन्द्वी नभएकाले उत्तर कोरियाको चुनाव देखावटी मात्र भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्