सांसद श्रेष्ठ लगायतको टोलीद्वारा मनमति खोलामा निर्मित सेरवालको निरीक्षण



०६ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ लगायतको टोलीले नार्गाजुन नगरपालिकामा पर्ने मनमति खोलामा निर्मित सेरवालको निरीक्षण गरेका छन् ।

प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्यबाट बिनियोजित एक करोड बजेट मार्फत उक्त वालको निर्माण कार्य सम्पन्न भएको हो ।

हरेक बर्ष वर्षातको समयमा खोलामा आउने बाढीका कारण निकै समस्या भोग्दै आएका खोपा टोल लगायतका स्थानीयले सेरवाल निर्माण पश्चात कुनै समस्या ब्यहोर्नु नपरेको सांसद श्रेष्ठले बताए ।

निरीक्षणमा सांसद श्रेष्ठ लगायत प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्य, नागार्जुन नगरपालिका कार्यबहाक मेयर सुशीला अधिकारी, नागार्जुन नगरपालिका वडा नं. ४ का अध्यक्ष करुण बलामी लगायत वडा सदस्य र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्