सम्झनामाः विपी कोइराला



०६ साउन २०७६, काठमाडौं

आज विपी कोइरालाको ३७ औं स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदैँ छ ।

धेरैले कोइरालालाई आफ्ना दुवै व्यक्तित्वलाई न्याय गर्न सफल मात्र ठान्दैनन् उचाइमा पुग्न सफल पनि मान्दछन् ।

राजनीतिमा विपी र साहित्यमा विश्वेश्वरप्रसाद कोइराला उनका परिचय हुन् । समाज, घर परिवारलगायतले भने उनलाई सान्दाजु भनेर बोलाउँथे । कोइरालाले राजनीतिमा जति उचाई प्राप्त गरे, साहित्यमा पनि उनको उचाई त्यो भन्दा कम छैन ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइराला नेपाली साहित्यमा मनोवैज्ञानिक कथ्य चित्रणका शिल्पकारका रुपमा स्थापित छन् । वि.सं. १९७१ भदौ २४ गते उनको जन्म भएको हो ।

वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित छन् ।

त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्