टोटनह्यामसँग स्तब्ध युभेन्टस



०६ साउन २०७६, काठमाडौं

आइतबार सिंगापुरमा सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कपमा टोटनह्यामसँग ३–२ गोल अन्तरले युभेन्टस स्तब्ध भएको छ । टोटनह्यामको जितमा ह्यारी केनले खेलको ९३औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

टोटनह्यामका लागि लुकास मौरा र इरिक लामेलाले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि गोन्जालो हुगैन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्