एसियाको दुर्लव जनावर नेपालमा पाएपछि दुनियाँ चकित !



०५ साउन २०७६, काठमाडौं

मकवानपुरमा एसियाको कुनै पनि देशमा नभएको अनौठो जनावर पालिएको छ । थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो ।

झट्ट हेर्दा यो जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ । घाँटी र टाउको ऊँटको जस्तै छ । यसको हिडाई पनि ऊँट जस्तै छ । रौँ हेर्दा भेडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो छ । तर यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होईन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । आखिर के रहेछ त यो अचम्मको जीव ? जर्मन भाषामा यसलाई अल्पाका भनिन्छ । नेपालीमा पनि यहि नामले चिनिन्छ ।

अल्पकाले एक बर्षमा एक पटक मात्रै बच्चा जन्माउँछ र एक पटकमा एउटा मात्रै पाउँछ । यसको आयू २५ बर्ष सम्म हुन्छ । चित्लाङको यस फर्ममा अहिले २० बर्ष पुगेका अल्पका समेत छन । बिसिंखेलस्थित अल्पकाज फर्ममा अहिले सेतो, खैरो र कालो रंगका गरी १५ वटा अल्पका छन् । उनीहरुलाई दिनमा ४ देखि ५ भारी सम्म घाँस आवश्यक पर्ने जिरेल वताउँछन् ।

यति धेरै महंगो जीव आखिर किन पालिन्छ त ?
बिशेष गरि रौंका लागि अल्पका पालिँदै आएको छ । यसको रौं प्रतिकिलो ७० हजारदेखि एक लाख रुपैंयासम्म पर्छ । यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ । सिंगो अल्पकाको मूल्य ५ लाखदेखि माथी पर्छ ।

अल्पाकाको अनौठो स्वभाव
अल्पाकाको स्वभाव पनि अनौठो खालको हुन्छ । अल्पकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ । केही गरी सँगै राख्यो भने झगडा गरेर हैरान पार्छन् । यिनिहरु माइनस १० डिग्री सेल्सियस सम्मको चिसोमा पनि बाँच्न सक्छन् । जिरेलले अल्पकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिशा पिसाव गर्ने स्वभाव सम्मका कुराहरु सुनाए । यो जनावरले दिशापिसाब सधैं एउटै ठाउँमा मात्र गर्छ । यसले आफ्नो बथान छोडेर कतै भाग्दैन । देख्दा डर लाग्ने भएपनि मान्छेलाई कहिल्यै केहि गर्दैन । गर्मी ठाउँमा यो बाँच्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्