बागलुङको मनाङडाँडामा बाबुले चलाएको जिपले किच्चेर छोराको मृत्यु



०५ साउन २०७६, काठमाडौँ

काठेखोला गाउँपालिका १ मनाङडाँडामा जिपले किच्दा ७ वर्षीय बालकको मृत्यु भएको छ । आफ्नै बाबु शशिलाल थापाले पार्किङको क्रममा जिप पछाडी गर्दा छोरा सलिन थापाको मृत्यु भएको हो ।

शनिबार राति ८ बजे घर नजिकै पार्किङ गर्ने क्रममा बालकलाई जिपले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्