
०५ साउन २०७६, काठमाडौं
भारतमा दुनियाँलाई नै चकित बनाउने एक महिलाले शिशुको जन्म दिएकी छिन्। भारतको उत्तर प्रदेश राज्यस्थित प्राथमिक स्वास्थ केन्द्रमा उक्त माहिलाले तीन वटा टाउको भएको शिशुको जन्म दिएकी हुन्। शिशुको मुख्य टाउकोबाट दुई वटा अलग टाउको जस्तो भाग देखिएको छ ।
शिशु टीभीहरुमा देखिने एलियनजस्तै देखिन्छ। यो अनौठो बच्चाको जन्म देखेकी बिज्जी ठाकूरले भनिन, अझ त्यो अनौठो शिशुलाई उनको आमाले अपरेशन बीना नै जन्म दिएकोमा चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् ।
बच्चाको थप उपचारका लागि उनको जन्म भएको प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला अस्पताल इताहमा रिफर गरिएको थियो । डाक्टरहरुले बच्चाको एमआरआई गर्ने र नवजात शिशुको दिमागको वास्तविक अवस्था पहिचान गर्ने बताएका छन्।
‘यो विरलै हुने चिकित्सकीय अवस्था हो । तर शिशुको शरीर पूर्ण रुपमा विकसित नभएकाले अहिले छुट्याउन सकिने सम्भावना हुन्छ । त्यही भएर हामी एमआरआई गरेर शल्यक्रिया गर्नेछौं ,’ इताह जिल्ला अस्पतालका प्रमुख चिकित्सकीय परिवेक्षक राजेश ठाकूरले भने । अतिरिक्त टाउको भएको बच्चाको जन्मको घटना विश्वभरी भइरहन्छ । तर तीन वटा टाउको सहित जन्मेको भने त्यति सुनिँदैन । यो चिकित्सकीय अवस्थालाई ‘इन्सेफलोसेल’ भनिन्छ । रिपोर्ट अनुसार यो अवस्थाका साथ जन्मिएका बालबालिकाको बाँच्ने सम्भावना ५५ प्रतिशत हुन्छ । एजेन्सी





