अनलाइन पोर्नसाइट हेर्नु पृथ्वीकै लागि खतरा !



०५ साउन २०७६, काठमाडौं

अनलाइनमा पोर्न सामाग्रीहरू हेर्नु व्यक्तिगत स्वास्थ्यको लागि मात्र नभइ पृथ्वीकै लागि पनि खतरा हुने फ्रान्सस्थित ‘थिङ्क ट्याङ्क द सिफ्ट प्रोजेक्ट’ले हालै सार्वजनिक गरेको एउटा रिपोर्टले खुलासा गरेको छ ।

विश्वभर अनलाइनमा हुने पोर्नोग्राफीको स्ट्रिमिङ्गका कारण युरोपेली देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाईअक्साइड ग्यासको उत्सर्जन हुने गरेको तथ्य पाइएको छ ।

यो वर्षको सुरुवातमा ‘द सिफ्ट प्रोजेक्ट’ले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व कार्बन उत्सर्जनको ४ प्रतिशत हिस्सा डिजिटल टेक्नोलोजीले ओगटेको जनाएको छ ।

यही अनुपातले हो भने सन् २०२५ सम्ममा वृद्धि भएर ८ प्रतिशत पुग्ने तथ्य पाइएको छ ।

पोर्न भिडियोका कारण कार्वन उत्सर्जनः

पछिल्लो पटक थिङ्क ट्याङ्कले पोर्न भिडियो तथा अन्य अनलाइन मिडियाकै कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ ।

यसका लागि शोधकर्ताहरूले फोन तथा टेलिभिजनदेखि अन्य डिजिटल डिभाइससम्म भिडियो डाटा पुर्‍याउन खर्च हुने बिजुलीको परिमाणको आँकलन गरे ।

तत्पश्चात कूल उत्सर्जन अनुमान गर्नका लागि विद्युत उत्पादनबाट हुने कार्बन उत्सर्जनको विश्वव्यापी निकालेका थिए ।

वृद्धिः

अनुसन्धानको नेतृत्व गरेका कम्प्युटर मोडलिङ्गका जानकार इन्जिनियर म्याक्सिम एफू हेस्सका अनुसार डिजिटल प्रविधिका कारण विश्वमा ऊर्जाको खपतमा वार्षिक ९ प्रतिशतले वृद्धि भैरहेको बताएका छन् ।

विश्वमा हुने डाटा फ्लोको ६० प्रतिशत अनलाइन भिडियोमार्फत आउने गरेको तथ्य पनि उनले सुनाएका थिए ।

उक्त रिपोर्टमा स्काइपी तथा यस्तै अन्य भिडियो सर्भिसहरुलाई भने समावेश गरिएको छैन । यदि त्यसलाई पनि सामेल गर्ने हो भने विश्वको डाटा फ्लो ६० प्रतिशतबाट बढेर ८० प्रतिशतमा पुग्दछ ।

हाई रिजोलुसन सामाग्रीबाट नोक्सानीः

एट के रिजोलुसन तथा अन्य हाई क्वालिटी भिडियोका कारण कार्बन उत्सर्जनमा झनै बढोत्तरी हुनेछ ।

त्यस्तै विभिन्न गेम स्ट्रिमिङ्ग सर्भिसले पनि कार्बन उत्सर्जनको अवस्थालाई झनै खराब बनाउनेछन् ।

त्यसैले यस्तो खाले सामग्री तथा डिभाइसहरु प्रयोग नगर्दै राम्रो हुने पाइएको हो ।

सुझावः

‘द सिफ्ट प्रोजेक्ट’ले कार्बन उत्सर्जन कम गर्नका लागि केही सुझाव पनि दिएको छ ।

यसका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको अनलाइन भिडियोहरूको अटो प्लेलाई बन्द गर्नु हो ।

साथै आवश्यकता पर्दा मात्रै एचडी क्वालिटीमा भिडियो खोल्ने ।

अहिले केही डिभाइसहरू यस्ता छन् कि, जसमा मानिसको आवश्यकताभन्दा पनि हाई रिजोलुसन डिस्प्ले हुन्छ ।

त्यसैले आवश्यकता पर्दा मात्रै उच्च रिजोलुसनमा भिडियो स्ट्रिमिङ्ग गर्ने गर्नुपर्दछ । यसले पनि केही दहसम्म कम हुन सक्ने उनीहरुको भनाइ छ ।

परिवर्तन आवश्यकः

शोधकर्ताहरूले  ग्लोबल भिडियो ट्राफिक पत्ता लगाउनका लागि सिस्कोद्वारा जारी सन् २०१८ को एक रिपोर्टलाई आधार मानेका थिए ।

शोधकर्ताहरू भन्छन्, ‘जलवायु परिवर्तन तथा पृथ्वीको सीमालाई हेरेर पोर्न, टेलिमेडिसिन, नेटफ्लिक्स् तथा इमेलको पक्ष विपक्षमा बाँडिन खोजेको होइन ।’

तर अनावश्यक चिजहरूको अधिक प्रयोगलाई कम गरेर अन्य आवश्यक चिजहरूलाई कसरी बचाउने भन्ने चूनौती चाहिँ हाम्रो सामु अवश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्