अफगानिस्तानमा २८ जना तालिवानी लडाँकू मारिए



०५ साउन २०७६, काठमाडौं

अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिवानी लडाकूँ मारिएका छन् ।

देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।

“तालिवान लडाकूँहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने ।

उनले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिबार राति आक्रमण भएको हो ।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिवान लडाकूँहरुलाई सुरक्षाकर्मीहरुले नै आक्रमण गरेका हुन् ।

घटनाका बारेमा तालिवान लडाकूँहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्