माइला लामाविरुद्ध कर्तव्य ज्यान मुद्धा



०५ साउन २०७६, काठमाडौं

गएराति काठमाडौंमा पक्राउ परेका विप्लव नेतृत्वको उपत्यका ब्युरो इञ्चार्ज माइला लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ ।

गत फाल्गुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराउँदा लमजुङका सिंहबहादुर गुरुङको ज्यान गएको घटनामा लामाविरुद्ध मुद्दा चलाइने भएको हो ।

जिल्ला अदालत लतिलपुरमा यसअघि नै दर्ता भएको बम विस्फोट र कर्तव्य ज्यान मुद्दामै लामाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले यसअघि नै दर्ता भइसकेको मुद्दामा लामालाई पनि म्याद थपेर कारबाही अघि बढाइने बताए ।

सम्बन्धित समाचारः

विप्लव समूहका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा पक्राउ

प्रतिक्रिया दिनुहोस्