विप्लव समूहका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा पक्राउ



०५ साउन, २०७६, काठमाडौं

प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा पक्राउ परेका छन् ।

लामालाई गएराति काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले पुष्टि गरेको छ ।

काठमाडौंमा श्रृङ्खलावद्ध रुपमा हुँदै आएको बम विस्फोटन लामाको निर्देशन हुने गरेको प्रहरीले अनुमान गरेको छ ।

लामा विप्लव समूहको प्रभावशाली नेता मानिन्छ । एकीकृत माओवादी विभाजन भएपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा प्रवेश गरेको थिए ।

गत फाल्गुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका करिब ५०० जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्