प्रथम वडा अध्यक्ष अन्तरटोल सुधार समिति फुटसलको उपाधी मनकामनालाई



०४ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नंं १० को आयोजनामा गरिएको ‘प्रथम वडा अध्यक्ष अन्तरटोल सुधार समिति फुटसल प्रतियोगिता २०७६’ ग्रीनवीच फुटसल आकाशेधारामा समापन भएको छ ।

दुई दिने फुटसल प्रतियोगिताको फाईनल खेलमा मनकामना टोल सुधार समितिले शान्ती टोल सुधार समितिलाइ ७–५ गोल अन्तरले पराजित गरेको हो ।

फुटसल प्रतियोगिता समापनमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले आउँदो वर्षमा पनि यस किसिमका प्रतियोगिता आयोजना गर्ने बताउँदै यस्ता प्रतिस्पर्धाले युवाहरुमा मनोबल बढ्नुका साथै हौसला मिल्ने बताए ।

युवा संजालका अध्यक्ष तथा कार्यक्रम संयोजक आकाश श्रेष्ठको अध्यक्षतामो समापन भएका कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य चन्द्रमान श्रेष्ठले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्