बूनपा १३ स्थित पिक प्वाईन्ट एकेडेमीको एसईई सम्मान सम्पन्न (फोटो फिचर)



०४ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित पिक प्वाईन्ट एकेडेमीले २०७५ मा  एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले अथक संघर्ष र प्रयत्नले नै नेपाली छोरा गौतम बुद्ध संसारभर सबैभन्दा बढी मानिने ब्यक्तित्व भएको बताउँदै अथक संघर्ष त्याग तपस्या र बलिदानीले नै व्यक्तिलाई अगाडि बढाउने बताए ।

बूनपा १३ को वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले आफ्नो वडामा रहेको पिक प्वाईन्ट एकेडेमीको विद्यार्थी डिना थापाले ४ जिपिए ल्याएकोमा गर्व गर्दै वडा कार्यालयले विशेष सम्मान गर्ने बताए ।

विद्यालयमा उत्कृष्ट जिपिए ४ प्राप्त गर्ने डिना थापा सहित सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथिले खादा र प्रमाण पत्र सहित सम्मान गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल विनय श्रेष्ठले १५ बर्षको अथक मिहिनेतले आज विद्यालय यो स्थानमा पुग्न सफल भएको बताउँदै सहभागीलाई स्वागत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकेश श्रेष्ठले विद्यार्थीको अथक मिहिनेत र शिक्षकहरुको एकताले उत्कृष्टता हासिल गर्न सफल भएको बताएका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्वराज न्यौपाने, एनप्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपाने लगायत अभिभावक, स्थानीय र विद्यार्थीको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्