उपप्रधानमन्त्री पोखरेल र महानगर प्रमुख शाक्यद्वारा पैदलयात्री पुलको उद्घाटन



०४ साउन २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ५ र ७ जोड्ने भत्केको पुल छेउ निर्माण सम्पन्न पैदलयात्री पुलको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्ले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आर्थिक बर्ष २०७५/०७६ मा प्रदेश सरकारको बजेट रकमबाट निर्माण सम्पन्न पुल करिब ४९  लाख लागतमा बनेको पहेंलो पुल उपभोक्ता समिति कामनपा वडा नं. ५ ले जनाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य नारायण शिलवाल, काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य, काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल, कामपा ५ का वडा अध्यक्ष रमेश डंगोल, वडा ४ का अध्यक्ष मोहन बिष्ट, वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत वडा सदस्यहरु बिभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

समितिका सल्लाहकार चन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा पहेंलो पुल उपभोक्ता समितिकी अध्यक्ष धनमाया थापाल अध्यक्षतो गरेकी थिइन् भने कार्यक्रम संचालन समितिका सचिव तथा नेकपाका नेता गणेश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्