सांसदद्वय श्रेष्ठ र शाक्यद्वारा बाटो निर्माण कार्यको समापन



०४ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्यले काठमाडौं क्षेत्र नं. ८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालिस लाख बजेट बिनियोजन गरि सम्पन्न गरिएको बाटो निर्माण कार्यको समापन गरेका छन् ।

समापान कार्यक्रममा सांसद श्रेष्ठ र शाक्यले संयुक्त रूपमा रिबन काटी बाटोको उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य केशव पोखरेल, टोल समितिका प्रतिनिधि र स्थानीय जनसमुदायको उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा सांसद श्रेष्ठले बर्षा लागेसँगै हिलाम्मे बाटोका कारण स्थानीयले भोग्दै आएको समस्याको जानकारी गराउँदै अब टोलवासीले हिलोमा हिड्नु नपर्ने  बताए ।

उक्त अवसरमा सांसद जीवन राम श्रेष्ठ र प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्यले नागार्जुन नगरपालिकाका वडा नं. ४ र ६ जोड्ने बंगलामुखी टोलको हिलाम्मे बाटोको समेत स्थलगत निरीक्षण गरी बाटो निर्माण गर्न ज्ञापन पत्र बुझाएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्