बूनपा १० मा डा. राजन भट्टराईद्वारा ‘फ्रेण्डसीप चौतारी’ उद्घाटन (फोटो फिचर)



०४ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित फ्रेन्डसीप युवा क्लब प्राङ्गणमा निर्माण गरिएको ‘फ्रेन्डसीप चौतारी’ को उद्घाटन नेकपाका केन्द्रिय सदस्य तथा परराष्ट्रविद डा. राजन भट्टराईले गरेका छन् ।

२०४८ सालदेखि स्थानीय समाजसेवामा निरन्तर सक्रिय क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । स्थानीय समाजसेवी रण बहादुर थापाले समाजमा पुर्याएको योगदानको कदर स्वरुप क्लबले फ्रेण्डशिप चौतारी निर्माण गरको क्बलका अध्यक्ष आईते लामा ‘सानुभाई’ले बताए ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै परराष्ट्रविद् डा. भट्टराईले समाजसेवी स्वर्गीय रण बहादुर थापाले दिएको योगदानको स्मरण गर्दै आफूले चुनावी अभियानमा गरेका प्रतिबद्धताहरु पुरा गर्न निरन्तर लागि रहेका बताए ।

नेकपा जिल्ला कमिटी काठमाडौंका सदस्य मिठाराम अधिकारी, विदुर विक्रम खड्का र लक्ष्मी संग्रौला र बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले फ्रेण्डशिप क्लबले गरेका कामको प्रशंसा गर्दै रणबहादुर थापाको योगदान बारे बताएका थिए ।

समारोहमा जिल्ला कमिटी सदस्य संगम गहतराज, सिद्धेश्वर महादेव मन्दिर समितिका अध्यक्ष उद्धव भट्टराई , नेकपाका स्थानीय नेता जगत निरौला, राजन पोखरेल, देवी रेग्मी, कुमार खरेल लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्