सार्वजनिक सुनुवाईमा पुगेका डा. राजन भट्टराई स्थानीयको घेराबन्दीमा (भिडियो सहित)



०४ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा – १२ को पायोनियर टोल ढल निर्माण आयोजनाले राखेको सार्वजनिक सुनुवाइमा नेकपाका केन्द्रिय सदस्य तथा परराष्ट्रविद डा. राजन भट्टराई स्थानीयको घेराबन्दीमा परेका छन् ।

डा. भट्टराईले सार्वजनिक सुनुवाइमा सम्बोधन गर्दै गरेको भिडियो :

कार्यक्रममा आफ्नो भनाई सकेर विदा हुन लाग्दा डा. भट्टराईलाई वडा–११ का स्थानीयहरुले प्रगति चोक तथा गुरुङ टोल क्षेत्रमा निरन्तर रूपमा हुँदै आएको डुवान समस्याका वारेमा केही नगरेको भन्दै हो–हल्ला गरी जनताको समस्या बुझी समाधान गर्न दबाव दिएका थिए ।

स्थानीयको चर्काे विरोधपछि डा. भट्टराईले विगत लामो समयदेखि डुबानको समस्या भोगी रहेका कपनवासीहरुलाई आफ्नो पहलमा बाटो तथा ढल सुधारको योजना पारेको बताउँदै सडक विभागका इन्जिनियर, नगरपालिका प्रमुख, ठकेदार सहित स्थानीय रुपमै छलफल गरी छिट्टै समस्याको समाधान गर्न प्रयत्न गर्ने बताउँदै स्थानीयलाई आश्वस्त पारेका थिए ।

कुल ३३ लाख ८० हजार ११७ रुपैयाँको लागतमा सम्पन्न आयोजना सम्पन्न भएको थियो जसमा स्थानीयहरुले ५ लाख बराबरको योगदान गरेको बताएका थिए ।

निर्माण समितिका अध्यक्ष बद्री बहादुर राउतको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा आर्थिक प्रतिवेदन तथा प्रगति बिवरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्