
०४ साउन २०७६, काठमाडौं
दाङ जिल्ला राजपुर गाउँपालिका वडा नं. ४ रौनियर भन्ने ठाउँमा एउटा अप्रिय घट्ना घटेको छ । घट्ना सुन्दा अचम्म लाग्छ । सुस्तमनस्थिती भएको १५ बर्षिय बालिका माथि ७० बर्षका बृद्धले जबर जस्ती बलात्कार गर्दा शिशुको जन्म भएको छ ।
बालिकाको घर परिवारमा नाजुक छन् । त्यसैले उनको बुबा, आमा बिहानदेखि ज्याला मजदुरमा व्यस्त हुन्छन् । त्यहि मौका छोपि चाउचाउ, बिस्कुटको प्रलोभन देखाई घर नजिकैको जंगलमा लगेर बालिकालाई बृद्धले बारम्बार बलात्कार गर्दै आएको थियो । चाउचाउ, बिस्कुटको लोप देखाईपछि बालिका पछिका दिनहरुमा आफै जगंल ध्याउने गरेकाले बारम्बार बृद्धको बलात्कारको सिकार बन्दै आएकी थिईन् ।
बालिका सुस्तमनस्थिती भएकोले खासै घरपरिवारमा वास्ता गर्दैनथ्यौं । साथै घरको कमजोर स्थितीले गर्दा बालिकालाई समय दिन परिवारसँग प्रर्याप्त नभएकोले बारम्बार बृद्धको बलात्कारको सिकार बन्दा उनी गर्भवती समेत भएछिन् । र उनले २०७६ असार ३१ गते शिशुको जन्म दिएकी छिन् । त्यसपछि पुरै गाउमा हंगामा मच्चियो ।





