
०४ साउन २०७६, काठमाडौं
समाजवादी पार्टी नेपाल, १ नम्बर प्रदेश समितिले लोक सेवाको विज्ञापन खारेज हुनुपर्नेमा ऐक्यवद्धता जनाएको छ ।
समितिले शनिबार विज्ञप्ति जारी गर्दै लोक सेवाको विज्ञापन खारेज गर्न माग गरेको हो । समितिले लोकसेवाले संविधानको मर्मविरुद्ध विज्ञापन गरेको भन्दै विज्ञापन खारेजको माग गरेको हो ।
लोक सेवाको विज्ञापन संविधानको मौलिक हक (धारा ४२) विरुद्ध रहेको विज्ञप्तिमा दावी गरिएको छ ।
‘लोक सेवा आयोगमार्फत सरकारले आदिवासी, जनजाति, मधेशी, अल्पङ्ख्यक, मुस्लिम, दलित, महिला, अपाङ्गता भएका व्यक्तिहरू र पछाडि पारिएका क्षेत्रलाई राज्य संयन्त्रमा प्रतिनिधित्व गर्न रोक्ने षड्यन्त्र गरेको छ ।’ पार्टीको १ नम्बर प्रदेश समितिका अध्यक्ष प्रविण चाम्लिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै समितिले लोक सेवा आयोगको विज्ञापन अविलम्व खारेजीको मागसमेत गरेको छ ।






