नेकपाको सर्मथन गर्दै सरकारलाई यतिसम्म भनिन् रेखाले



०४ साउन २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी नायिका रेखा थापा यतिबेला राजनितिमा खुबै लागेकी छिन् । पछिल्लो समय सरकारको कट्टर आलोचक र विप्लव समूहको प्रशंसक बन्दै आईरहेकी उनी यही कारण पनि चर्चामा छिन् ।

तत्कालीन एमाओवादीमा प्रवेश गर्दै कमल थापाको पार्टी राप्रपा नेपाल हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक मा केन्द्रीय सदस्य समेत बनेकी उनले सरकारले विप्लवलाई प्रतिबन्ध लगाउँदा समेत उनले कडारुपमा आलोचना गरेकी थिईन् ।

उनी विप्लव समूहलाई देशभक्त भन्न रुचाउँछिन् । विप्लवलाई अहिलेसम्म वार्तामा ल्याउँन नसक्नु सरकारको असफलता भएको उनको दाबी छ ।  उनले देशका गरिब जनताले समेत राज्यलाई कर तिरिरहेको अवस्थामा ठुलाठुला कम्पनीहरुले अर्बौ कर छलेको आरोप लगाइन् । सरकारले देशमा बिकास र शान्ती कायम गर्न असफल भएको उनी बताउँछिन् ।  विप्लवका नेता तथा कार्यकर्ताहरुलाई इन्काउन्टर भन्दै मार्ने गरेको भन्दै उनले सरकारले नै द्धन्द चाहेको जस्तो पनि देखिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्