आँखामा आँशु पार्दै प्रधानमन्त्रीले भनेः ‘कवि भूपिको कविताभन्दा कमजोर हालत छ, मेरो’(भिडियो)



०४ साउन २०७६, काठमाडौं

सधैँजसो विभिन्न शब्दहरू उच्चारण गरेर होस् या व्यङ्ग्यात्मक भाषण गरेर होस् नेता कार्यकर्तादेखि जनतासम्मलाई हँसाइरहने प्रधानमन्त्री केपी शर्मा ओलीले भावुक भाषण दिएका छन् ।

उनले भानु जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा बोल्दै लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूलाई सम्झेर भावुक बनेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै आँखाभरि आँशु टल्पलाउँदै आफ्नो मन भारी भएको बताए । ‘कवि भूपिको कविताभन्दा कमजोर हालत छ मेरो ।’ प्रधानमन्त्री ओलीले भने ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३३ जना बेपत्ता छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्