छविको पक्ष लिदैँ मुकुन्देले लाए नायिका शिल्पामाथि यस्तो आरोप : ‘रित्तै आएर सित्तैमा खाने ‘



०४ साउन २०७६, काठमाडौँ

केहीदिन देखि छवि र शिल्पाको कुराले सिनेवृत तात्तिरहेको छ । कसैले छविको गल्ती देखाएका छन् त कसैले शिल्पालाई दोष लगाएका छन् ।

नायिका शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाडौँ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । गत बिहिबार मात्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बिचमा महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको थियो । तर छवि र शिल्पाको सम्बन्ध सुल्झिनुको सट्टा अझै बिग्रदै गएको छ ।

मिडियामा अहिले छवि र शिल्पाको सम्बन्धलाई लिएर अनेक कुराहरु बाहिर आइरहेका छन् । यसै  बिषयलाई लिए मुकुन्देले छबी ओझा र शिल्पा पोखरेलको बिषयमा कडा तरिकाले आफ्नो धारणा प्रस्तुत गरेका छन् । सामाजिक संजालमा मुकुन्देले लेखेको पोस्ट यतिबेला निकै भाइरल बनेको छ ।

सामाजिक संजालमा मुकुन्देले यस्तो लेखे “के छवि ओझालाई काहिंली स्वास्नीले छोडी भने यो नेपाल राज्य बिभाजन हुन्छर ? के अब आकाश उत्तानो पर्छर ?  के अब धर्ती घोप्टो पर्छर ? होइन भने बेकारमा केको हल्लाखल्लार ? आफैं स्वास्नीपीडितहरु किन अर्काको सम्बन्धमा पण्डित बनिरहेका छन् ? के डिभोर्समा मलामी चाहिन्छ र ? के बिहेमा सलामी दिइएको थियो र ?”

यति मात्र नभएर मुकुन्देले एउटा युट्युब च्यानलमा शिल्पा र छविको डिभोर्सको बिषयले सामाजिक संजाल तथा अनलाइन मिडियामा प्राथमिकता पाउनु अनावस्यक भएको बताएका छन् । उनि भन्छन् छविकै कारण शिल्पा अहिले यो स्थानमा पुगेको  हुन् । उनले घरको सानो तिनो झगडालाई यसरि बढावा दिनुको कुनै औचित्य नभएको र यो संगै सँगै शिल्पालाई रित्तै आएर सित्तैमा खाएको आरोप समेत मुकुन्देले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्