तनहुँमा ५ वर्षीय बालिका बलात्कृत, आरोपि पक्राउ



०३ साउन २०७६, काठमाडौँ

पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा तनहुँमा एक जना पक्राउ परेका छन् । तनहुँको ऋषिङ १ घर भई ब्यास ७, पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नविन थापा पक्राउ परेका छन्।

बुधबार साँझ साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाई फुलाई गरी नजिकै मकै बारीमा लगी बलात्कार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो ।

अहिले बालिकाको अस्पतालमा उपचार भई रहेको छ । बालिका घर फर्केर हजुरआमालाई भनेपछि घटना बाहिर आएको थियो। त्यसपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्