प्रकाश कटुवाल भन्छन्,: ‘सम्पति हत्याउन शिल्पाले ५२ वर्षका छवीसँग विवाह गरिन्’



०३ साउन २०७६, काठमाडौँ

मिडियामा अहिले छवि र शिल्पाको सम्बन्धलाई लिएर अनेक कुराहरु बाहिर आइरहेका छन् । छवि र शिल्पाको विवाद चर्किरहदाँ विभिन्न कलाकारले यस विषयमा बोलिरहेका छन् ।

धेरै कलाकारलाई डेब्यु गराएका छबीका पक्षमा थुप्रै कलाकार उभिएका छन् ।शिल्पासंग चौथो विवाह गरेका छबीको यो विवाह पनि सफल नहुने देखिएको छ  तर बलेको आगो सबैले ताप्छन् भने झै फिल्मी क्षेत्रमा सफल निर्माता रहेका छबीका पक्षमा कलाकारहरुले खुलेर बोलेका छन् ।

यसै  बिषयलाई लिएर गायक प्रकाश कटुवालले आफ्नो धारणा राखेका छन् । शिल्पा र छबिबिचको बिबादले समाजलाई नै गलत दिशा तिर लाने देखाउदै मिल्नु पर्ने उनको भनाइ छ । संगै उनि भन्छन ’शिल्पा सम्पतिको भोगी रैछ नत्र किन यस्तो फोहोरी खेल खेल्नु पर्यो त्’ ।

प्रतिक्रिया दिनुहोस्