फेसएपः गोपनीयतामाथि प्रश्न खडा हुने प्रविधि विशेषज्ञहरूको भनाइ



०३ साउन २०७६, काठमाडौं

आफ्नो अनुहारको तस्वीर सम्पादन गरि साविकको भन्दा अलिक बूढ्यौली देखिने एप फेसएप अहिले चौतर्फी चर्चामा छ ।

उक्त एपबाट आफ्नो अनुहारको तस्वीरलाई बूढ्यौली बनाएर धेरै सामाजिक संजाल प्रयोगकर्ताहले सार्वजनिक गरेका छन् ।

पछिल्लो दिनहरुमा निकै प्रयोग भइरहेको एपबारे जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको डेटाप्रति त्यति धेरै सतर्कता नअपनाएको बताउने गरेका छन् ।

तर फेसएपले भने एउटा विज्ञप्ति जारी गर्दै प्रायः तस्वीर अपलोड भएको ४८ घण्टापछि आफ्नो सर्भरबाट हटाइने गरेको बताएको छ ।

उक्त कम्पनीले प्रयोगकर्ताहरूले सम्पादन गर्न चाहेको तस्वीर मात्र आफूहरूले अपलोड गर्ने गरेको बताएको छ ।

फेसएप?

फेसएप एउटा फोटो मर्फिङ एप हो । जुन अनुहारमा परिवर्तन गर्नका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र वास्तविक तस्वीरलाई परिवर्तन गर्न उपयोग गरिन्छ ।

यो एपले फोटो ग्यालरीमा रहेका तस्वीरहरु उपयोग गर्न सक्छ वा एपभित्रै पनि तस्वीर खिच्न सक्छ । निःशुल्क सेवाले एआईको प्रयोगबाट फोन ग्यालरीमा रहेको तस्वीर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा प्रस्तुत गर्न यो एपले क्षमता राख्दछ ।

एपबारे अमेरिकी सीनेटमा चिन्ता व्यक्तः

एपबारे अमेरिकी सीनेटमा पनि तिन्ता व्यक्त भएको छ ।

सीनेटमा अल्पसंख्यक नेता चक शुमरले फेसएपको जाँचको माग गरेका छन् । ट्विटरमा पोष्ट गरिएको पत्रमा शुमरले लेखेका छन्,‘यो अति चिन्ताजनक विषय हो ।’

चिन्ता फेसएपले ठाडै अस्वीकार गरेको छ । यो एप सेन्ट पीटर्सबर्गस्थित कम्पनी वायरलेस लैबको हो । यो कम्पनीको दावी छ कि मानिसहरुको तस्वीर स्थायी रूपमा स्टोर गरिँदैन ।

समस्या:

एप निर्माता जोसुहा नोज्जीले ट्वीट गर्दै फेसएपले सर्वसाधारणको स्मार्टफोनबाट अनुमति नै नमागी अपलोड गर्ने गरेको बताएपछि सुरक्षा र विश्वसनीयताबारे गम्भीर प्रश्नहरू उठेका थिए ।

तर एक फ्रान्सेली साइबर सुरक्षा अनुसन्धानकर्ताले भने उक्त दावीबारे अध्ययन गर्दै त्यस्तो अवस्था नरहेको बताएका छन् ।

उनको अनुसन्धानले फेसएपले प्रयोगकर्ताहरूले चाहेको तस्वीर मात्र लिने गरेको बताए । फेसएपले पनि बीबीसीलाई आफूहरूले प्रयोगकर्ताहरूले पेस गरेको तस्वीर मात्र लिने गरेको बताएको छ ।

अन्य कतिपयले भने फेसएपले प्रयोगर्ताहरूको तस्वीरको डेटा प्रयोग गरेर अनुहार पहिचान गर्ने एल्गरिदमलाई थप विकसित गर्न प्रयोग गरेको हुन सक्ने शङ्का गरेका छन् । र, यो भने तस्वीर हटाइए पनि गर्न सकिन्छ ।

एप प्रयोग नगर्न विज्ञहरुको सुझावः

विभिन्न मुलुकहरुमा प्रयोग भइसकेको फेसएप विज्ञहरुले प्रयोग नगर्न सुझाएका छन् ।

यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरु बताउँछन् । अब उप्रान्त प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।

प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताउँदै आएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ ।

एपलाई प्रयोग गर्ने स्वीकृतिपछि ‘स्मार्ट’ बुढेसकालको तस्वीर देखाउन फिल्टर गर्छ ।

‘यसका लागि एपले तस्वीर ग्यालरी मध्ये एउटा तस्वीरलाई सम्पादन गर्छ । यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ ।’ विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्वीरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ ।’

कसैले कुनैपनि बेला कसैको तस्वीरलाई सम्पादन गरेर आफ्नो अनुकूल प्रयोग गर्न सक्ने उनीहरुले बताएका छन् ।

के छ, फेसएपको सेवा र शर्तः

‘फेसएप’ले तपाईँलाई सधैँ, अपरिवर्तनीय, कुनै पनि प्रशंसनीय, रोयल्टी–मुक्त, विश्वभरि, पूर्ण रुपमा प्रयोगसहित, हस्तान्तरण गर्न मिल्ने लाइसेन्सको उपयोग गर्न, पुनः पेस गर्न, संशोधन गर्न, प्रकाशित गर्न, अनुवाद गर्न, वितरित गर्न, सार्वजनिक रुपमा प्रदर्शन गर्न सक्छ ।

उपयोगकर्ताको सामग्री र नामलाई चाहे अनुसारको प्रयोजनमा लागू गर्न सक्नेछ । तपाईँको सम्पूर्ण जानकारी (तस्वीर जानकारी) सार्वजनिक गरिन्छ ।

एप १ दिनमा १० करोड डाउनलोडः

आफ्नो अनुहारलाई बूढ्यौली बनाएर आफ्नो पहुँचको सामाजिक संजालमा पोष्ट गर्ने होडबाजीमा साथ दिने एप फेसएप एकैदिनमा १० करोड डाउनलोड भएको तथ्यांकले देखाएको छ ।

यो संख्या अहिले झनै बढेको छ । ३.४.८ अपडेट एन्ड्रोइड भर्सनको यो एप एक दिनमै १० करोडभन्दा बढी पटक डाउनलोड भएको हो ।

यो एप १४ फेब्रुअरी सन् २०१७ मा पहिलोपटक सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्