नेपाली छोरी भावना पुगिन् युरोपको ‘मिस एलिट ब्युटी क्वीन’मा



०३ साउन २०७६, काठमाडौँ

युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’ मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छीन् । ४० देशका सुन्दरीको सहभागिता रहनको प्रतियोगितामा उनी एक मात्र नेपाली सहभागी भएकी हुन् ।

नेपालका लागि अधिकार प्राप्त संस्था ‘ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन डिएमआईएफ’ले हालै राजधानीमा आयोजना गरेको अडिसनबाट २५ जनाको सहभागितामा उनी छानिएकी हुन् । आगामी २८ जुलाई देखि अगष्ट २ सम्म आयोजना हुने प्रतियोगितामा भावनाले नेपाली कलासंस्कृती सहित सहभागी हुन लागेकी हुन् । भावना नेपाली मोडल तथा मेकअप आर्टिस हुन् ।

यो प्रतियोगिताको विजेताले ३ हजार युरो पर्ने ताजका साथमा विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् । नेपालको नाम विश्वमा चिनाउने र आफ्ना लागि प्रतियोगिता एक अवसर भएको कार्यक्रममा भावनाले बताइन् । उनले ताज नेपाल ल्याउने कोसिस आफ्नो रहने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्