अक्षयले गरे बाढी पिडितलाई २ करोड भारु सहयोग



०२ साउन २०७६, काठमाडौँ

नेपालमा जस्तै भारतमा पनि अहिले बाढी, पहिरो र डुबान लगायतको विपती देखिएको छ । भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् ।  भारतमा झण्डै करोड मानिसहरु प्रभावित भएको जनाइएको छ ।

यस्ता विपत्तहरुमा समय समयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन् । उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्