
०२ साउन २०७६, काठमाडौँ
उत्तम सञ्जेल पत्नी सहित जनही तीन लाख धरौटीमा छुटेका छन् । समाजसेवीका रुपमा चर्चामा रहेका उत्तम माथि आफ्नै कर्मचारीको ज्यान लिएको अभियोगमा मुद्दा चलेको थियो । जिल्ला अदालत काठमाडौंले सञ्जेलका दम्पतीलाई जनही तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ गत असार ३ गते अस्पतालमा मृत अवस्थामा भेटिएपछि यो विषयले उग्ररुप लिएको थियो । पछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो । पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् । ।





