फेरि डुब्यो काठमाडौँ



०२ साउन २०७६, काठमाडौँ

केही दिनअघि लगातारको अविरल वर्षाका कारण डुबानमा परेको काठमाडौं बिहीबार बिहान फेरि डुबानमा परेको छ । गए रातीदेखि परेको पानीका कारण काठमाडौंको कपन क्षेत्र डुबानमा परेको हो ।

स्थानीय बासिन्दाका अनुसार कपन क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । तर केहीदिन अघि परेको अविरल वर्षाले नडुबेको कपन गएराती परेको पानीले डुबेको छ ।

लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी अहिलो सम्म ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । बाढी पहिरोमा परेर १७ जना महिला र २१ जना पुरुष गरी ३८ जना घाइते भएका छन् । त्यस्तै १२ जना महिला र १४ जना पुरुष गरी २६ जना बेपत्ता भएका छन् । एक हजार चार सय ४४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्