अनुहार बुढो देखाउने एप प्रयोग गर्नुभएको छ ? साबधान रहनुस्



०२ साउन २०७६, काठमाडौँ

केहि दिन देखि एउटा एप खुब चलन चल्तीमा आएको छ । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ। जसले मानिसको अनुहार बुढो देखाउंछ । यो एपलाई सर्वसाधारणदेखि सेलिब्रेटीसमेत प्रायो गरेको हामीले देखेका छौ ।

२०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल बनेको हो ।

नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका छन्, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यो एप्सले तस्वीरलाई आर्टिफेसियल इन्टेलिजेन्समार्फ बुढो देखाउन तस्वीरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ ।

यसरी प्रयोगकर्ताहरुको डाटा यो एप्सले संकलन गर्छ । र विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुबारे डाटा चोरी हुने जोखिम बढेको हो त्यसकारण केही विश्लेषकहरुले यो एप्स प्रयोग नर्गनसमेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्