पोखरामा लागूऔषध प्रयोगकर्ताबाट ‘पेनगन’ बरामद



०१ श्रावण २०७६, काठमाडौं

पोखरामा लागूऔषध प्रयोगकर्ताबाट पेनगन बरामद गरिएको छ ।

पोखरा महानगरपालिका २४ कास्कीकोट घर भई पोखरा महानगरपालिका –७, बस्ने २४ वर्षीय सागर रानाभाटको साथबाट प्रहरीले गनसहित ७ राउण्ड गोली पनि बरामद गरेको हो ।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा पेनगन, गोलीसहित लागूऔषध पनि बरामद गरेको हो ।

कास्की प्रहरीले पछिल्लो समय लागूऔषधविरुद्ध अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्