प्रदेश २ अझै डुबानमा, ‘३२’ को मृत्यु ‘१३’ हजार परिवार विस्थापित



०१ साउन २०७६, काठमाडौँ

गत शुक्रबारदेखिको अविरल बर्षाका कारण प्रदेश २ का जिल्ला अझै डुबानमा छन् । डुबानपीडितको पुनःस्थापना र राहतमा सरकारले चासो नदिएको आरोप लागिरहेका बेला बुधबार बिहान संघीय सरकारका चार मन्त्री र नेकपाका एकजना वरिष्ठ नेता बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

अविरल बर्षाका कारण सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ । बाढी र डुबानबाट प्रदेश २ मा ३२ जना भन्दा धेरैले ज्यान गुमाएका छन्। डुबानबाट विस्थापितको संख्या कयौँ हजार पुगि सकेको छ। तर स्थानीय, प्रदेश र संघीय सरकाले राहत कार्यक्रम तत्काल नदिँदा बाढी पीडितको विचल्ली भएको छ ।

लगातारको बर्षाका कारण भएको डुबान र बाढीबाट प्रदेश २ का १३ हजार परिवार विस्थापित भएका छन् । प्रदेश २ प्रहरीका अनुसार प्रदेशका आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्