पहाडी चट्टानमा देखियो यस्तो अनौठो बस्ती



०१ असार २०७६, काठमाडौँ

ओमानको पहाडी चट्टानमा पछिल्लो पाँच सय वर्षभन्दा बढी समयदेखि एउटा दुरदराज इलाकामा एउटा जनजाति समूहले जीवन बिताइरहेको छ । ओमानको मस्कटको बलुवा तटबाट १९५ किलोमिटर दक्षिण–पश्चिममा ओमानको मैदानी इलाका चुनढुंगाको एउटा अग्लो चट्टानसँग जोडिन्छ ।

अल सोगारा यस्तो दूरदराजको गाउँ हो, जुन पहाड काटेर बनाइएको छ र यहाँका मानिसहरु पछिल्लो पाँच सय वर्षभन्दा लामो समयदेखि यहाँ बसिरहेका छन् । सन् २००५ मा सो गाउँमा मानिसले ढुंगैढुंगाले बनेको सो क्षेत्रमा सामान्य खालको बाटो खोले, जसले गर्दा बस्तीबाट सडकसम्म सामान ढुवानीमा सहजता भयो ।

यो पहाडी क्षेत्रमा शरीकी जनजातिका पाँच परिवार बस्छन् । यो समूह जोर्डनबाट करिब १००० वर्ष पहिले यहाँ आएर बस्न थालेको हो । यसै स्थानमा पढेका र हुर्किएका सलेम अलशरीकीका अनुसार यतिबेला यो गाउँको जनसंख्या २५ मात्रै छ । गाउँ सानो छ, त्यसकारण बस्नेहरु पनि कम छन् ।

स्थानीयबासीका अनुसार उनीहरुका पूर्वजले त्यहाँका सीमित स्रोत साधनको प्रयोग गरेर पहाडमा आफ्ना आवास तयार गरेका थिए । जसमा ढुंगालाई धुलो पारेर पानीमा मिलाएर चिप्लो माटोको पर्खाल बनाए र फेरि चुन ढुंगा काटेर ढुंगामा नै कोठा तयार गरेका थिए ।

यिनै घरमा पशुपालन समेत गर्छन् । जुन व्यक्तिसँग जति धेरै बाख्रा, भेडा र खच्चर हुन्छ, त्यो त्यति नै सम्पन्न मानिन्छ । मोहम्मख नासेर भन्छन्, पशुपालनसँगै उनीहरु खेति पनि गर्छन् । अनार, खजुर, नाशपानी, आरु, बदाम, लसुन, प्याज, र अन्य सब्जीहरु उत्पादन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्