मुकेशको गौरवान्वित कामः ११५ घण्टा लगातार पढेर गिनिज बुकमा नाम(भिडियो सहित)



०१ श्रावण, २०७६, काठमाडौं

लगातार ११५ घण्टा विभिन्न इतिहास तथा प्रतिष्ठित व्यक्तिहरुको जीवनी पढेर बझाङका मुकेश राज जोशी गिनिज बुकमा नाम लेखाउँदै छन् ।

नेपाल पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने मामिलामा धेरै अगाडि बढेको छ । यसैगरि आगामी भाद्रमा पनि फेरि एकपटक नेपालको नाम गिनिज बुकमा लेखिदैं छ ।

यसले कुनै सम्बन्धित एक व्यक्तिको मात्रै होइन । सिङ्गो देशकै नाम पनि विश्वमा चिनाउने काम गर्छ ।

नेपालका लागिः

मुकेशले राखेका रेकर्ड उनको मात्रै होइन ।

वास्वतमा भन्ने हो भने यो रेकर्डले सिङ्गो नेपाल देशको प्रतिनिधित्व गर्छ । व्यक्तिको नाम भन्दा पनि देशको नाम अगाडि आउँछ ।

यस्तो गौरवान्वित कामको लागि हामी सबैले मुकेशजस्ता आँटिला व्यक्तिलाई साथ दिन आवश्यक छ ।

आयोजकः

मुकेशराजको रेकर्डका लागि आयोजक बनेर साथ दिँदै छ, गिनिज बुक इभेन्ट नेपालले ।

कुनै पनि काम साँगठनिक हिसाबबाट गरियो भने त्यसलाई निभाउँन सजिलो हुने कुरा इभेन्ट नेपालका अध्यक्ष तथा मोटिभेशनल स्पिकर सन्तोष लामा बताउँछन् ।

यसभन्दा अगाडि पनि धेरै गिनिज इभेन्टहरु संचालन गरिसकेको गिनिज इभेन्टले यसलाई पनि सहजै रुपमा संचालन गर्ने इभेन्ट नेपालका प्रबन्धक हरि चन्द्र लामा ढुक्क छन् ।

आर्थिक पाटोः

कुनै पनि खालको कार्य संचालन गर्नुको अगाडि आर्थिक पाटो जोडिन्छ । यस्तै मुकेशको लागि पनि केही रकम आवश्यक त पर्छ नै ।

तर, आर्थिक पाटोलाई सजिलै व्यवस्थापन गर्न सकिने इभेन्ट नेपालका प्रबन्धक हरि चन्द्र लामा बताउँछन् ।

रोयल क्यासिनोमा कार्यरत जोशीलाई आफ्ना अन्य सहपाठीहरुले पनि सहयोग गर्ने बताएका कुरा उनले बताए ।

आयोजकको तर्फबाट पनि भौतिक सहयोगदेखि लिएर सबै खालको सहयोगहरु उपलब्ध हुने अध्यक्ष सन्तोष लामाले बताए ।

बझाङवासी मुकेशः

११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउने आँट भएका व्यक्ति मुकेश राज जोशी बझाङवासी हुन् ।

बझाङको पनि कुनै अविकसित कुनामा जन्मेका उनले यो आँट गर्न पनि ठूलो कुरा हो ।

उनलाई बझाङवासी अन्यले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उनी सुनाउँछन् ।

भिडियोः

सम्बन्धित समाचारः

 

११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँदै मुकेशराज जोशी 

प्रतिक्रिया दिनुहोस्