बाढीपीडितको दुखेसोः ‘हामी ठूला मान्छे त भोकै पनि सुत्न सक्छौं तर, बच्चाहरु भोग लाग्यो भन्छन्’



०१ साउन २०७६, काठमाडौँ

दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँपालिका ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ,  उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् ।

उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ,  घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन्, ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन्, साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् ।

दमका रोगी राम शंकरले भने, ‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै ‘

 

 

प्रतिक्रिया दिनुहोस्