सधै जवान देखिन अपनाउनुस् यस्ता ‘१०’ उपाय



०१ साउन २०७६, काठमाडौँ

जवान हुनु भौतिक कुरा मात्रै होइन, सोचाइको कुरा पनि हो । तपाईंले आफूलाई जवान महसुस गर्नुभयो भने अरूले पनि तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । उमेर बढ्दै जाँदा मानिसको हाँसो कम हुँदै जान्छ । तर, सामान्य हाँसो र सकारात्मक सोचले तपाईंको अनुहारमा ठूलो परिवर्तन ल्याउँछ । हाँसोले तपाईंको अनुहारका नसालाई आराम दिन्छ र चाउरीपन कम गर्छ । त्यसैले, तपाईं युवा हुँदा जुन स्पिरिटमा हाँस्नुहुन्थ्यो, त्यसरी नै हाँस्नुहोस्।

१. दाँतलाई सधैँ सेतो राख्नुहोस् । दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ ।

२. जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्सर र अलराउन्ड ब्युटीको काम गर्छन् ।

३. भिटामिन सीयुक्त खानेकुरा पर्याप्त खानुहोस् । यसले चाउरीपन बढ्नबाट जोगाउँछ ।

४. निद्रा पूरा गर्नु जरुरी छ। यसो गर्दा तपाईंको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीर्फ लैजान्छ ।

५. परफ्युम र वडीस्प्रे छनोट गर्दा ध्यान दिनुहोस् । केही परफ्युम यस्ता हुन्छन्, जसको सुगन्धबाट मानिसले तपाईंलाई भर्खरको ठान्नेछन् ।

६. पर्याप्त पानी सेवन गर्नुहोस् । पानीको कमीले तपाईंको छाला र कपाललाई उमेरभन्दा बढी देखाउँछ ।

७. हेयरस्टायललाई सधैँ नयाँ लुक दिनुहोस् । तपाईंले १० वर्षअघि जस्तो हेयर स्टाइल बनाउनुहुन्थ्यो, अहिले पनि त्यस्तै बनाउनुहोस् ।

८. तपाईंको छालामा खैरो दाग तथा चाया, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ ।

९. तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।

१०. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाइ, सोडाजस्ता खाद्यान्न नखानुहोस् ।

 

 

प्रतिक्रिया दिनुहोस्