
३१ असार २०७६, काठमाडौं
केहि दिनदेखि अविरल वर्षाका कारण देशभर भएको डुबान र यस बाट सिर्जित मानवीय संकट प्रति मधेशी आयोग को ध्यानकर्षण भएर बाढी पिडितहरु को लागि सहयोग स्वरूप आयोग का अध्यक्ष डा. विजय कुमार दत्तले आफ्नो ५ दिन बराबर को तलब दिने भएका छन् ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैबी प्रकोप सहायता कोषमा आयोगका अध्यक्षको ५ दिन बराबर, सचिवको ३ दिन, उपसचिवको २ दिन तथा शाखा अधिकृत र नायबसुब्बा को १/१ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेको छ ।
आयोगले केहि दिन अगाडी प्रेस विज्ञप्ति जारी गरेर सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित निकायलाई संकटको बेला सहयोग गर्न समेत आग्रह गरेको थियो ।
आयोगका अध्यक्ष डा. दत्तले मुलपानीमा भारी वर्षाको कारण ज्यान गुमाएका व्यक्तिका परिवारहरुसँग समेत भेटघाट गरेका थिए ।
मधेशी आयोगद्वारा जारी प्रेस विज्ञप्ती :






