
३० असार २०७६, नवलपुर/दिपक शर्मा
विद्यालयमा परिक्षा पश्चात वा अन्य चाडपर्वको बेलामा हुने विदाको समयमा सवैजसो बालबालिकाहरु घुम्ने र आफन्तको घरमा जाने गर्दछन् । यस्तो विदाको बेलामा विभिन्न मनोरञ्जनात्मक कार्यमा सहभागी हुनको लागि सवै परिवारले पनि सहयोग गर्ने भएकोले समेत बालबालिकाहरुको पहिलो रोजाई नै घुम्न जाने वा मामाघर वा अन्य आफन्तकोमा जाने नै हुने गर्दछ ।

तर देवचुलीका किशोरीहरु भने विदाको समय हुनासाथ आफुले जानेका विभिन्न सीपहरु र ज्ञानहरुको बारेमा समुदायस्तरका र विद्यालयस्तरका किशोरकिशोरीहरुलाई विभिन्न तालिमहरु र छलफलहरु सञ्चालन गर्न थालेका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा विगत १ वर्षबाट सञ्चालन गरेको किशोरी सशक्तिकरण कार्यक्रम पश्चात सो वातावरण सिर्जना भएको
हो ।

देवचुली नगरपालिकाको सबै १७ वडामा संचालन भईरहेको किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत ३० जना किशोरीहरुलाई विभिन्न तालिमहरु सञ्चालन गर्ने र उनीहरुमार्फत आफ्नो समुदायका किशोरीहरुलाई सो कार्यक्रम सञ्चालन गर्ने र उनीहरुको समस्याहरु सुन्ने गरी वातावरण मिलाईएको कुरा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।

यसरी तालिमहरु सञ्चालन गर्दा आफुमा निकै नै आत्मविश्वास र म पनि केही गर्न सक्छु भन्ने विश्वास अभिबृद्धी भएको कुरा वरचुली मावि कक्षा ९ मा पढ्ने देवचुली १७ की प्रतिमा आचार्यले बताईन् ।

स्थानीय महिला अगुवा संगीता बराल सापकोटाले यस्ता कार्यक्रमहरुले किशोरीहरुलाई समेत महत्वपूर्ण सन्देश दिने भएकोले समेत समाजमा रहेका सवै किशोरी र महिलाहरुले समेत सक्छिन् भन्नको लागि सफल भएको बताईन् ।

३० जना किशोरीहरुले देवचुलीका १७ वडामा सक्छिन छोरी अन्र्तगत आत्मसुरक्षा, नेतृत्व विकास, हिंसा, दृर्व्यवहार बाट कसरी बच्ने भन्ने बारेमा तालिमहरु सञ्चालन गर्नेछन् ।






