नेपाललाई डुबाउन भारतले बनाएको कोशी बाँधको लुकेको इतिहास



३० असार २०७६, काठमाडौं

नेपाली जनताहरुको लागि धेरै राम्रो काम गरेको थिए भनिन्छ–राजा महेन्द्र वीर विक्रम शाहले तर तिनै राजा महेन्द्रले कोशी बाँध किन बन्न दिए ? जसले हरेक बर्ष डुवानमा पारेर नेपालीहरुको ज्यान लिदै आएको छ । नेपालीहरुको ज्यान लिने बाँध बनाउन किन उनले सहयोग गरे होलान् । अझै कतिपय इतिहासकार भन्छन्, बाँध बनाउनलाई भारतको पक्षपोषण गरेका थिए विश्वेस्वर प्रसाद कोइरालाले ।

यो बाँधले प्रभाव पारेको हेर्ने हो भने मात्रै पुष्टी हुन्छ कि नेपाल र भारतको सम्बन्ध राम्रो छैन । नेपाल र भारत सम्बन्धको रुपमा एउटा धब्बाको रुपमा यो बाधलाई लिन सकिन्छ । भारत आफ्नो स्वार्थको लागी छिमेकीको घाँटी निचोर्न पनि तयार हुन्छ भन्ने कुरा यसैले प्रमाणित गर्छ ।

जमिन नेपालको अनि संरचना भारतको, घाटा नेपालको नाफा सवै भारतको । नेपालीहरुले बर्षायाममा ज्यानको सुरक्षा गर्न धेरै गाह्रो अनि कष्ट खप्नुपरेका छन् बाँधको कारण । यो कष्ट आफैं बनेको होइनन् भारतले हामीलाई दिएको हो । पछिल्ला बर्षको अवस्था हेर्ने हो भने अब कोशी नदी नेपालीहरुको लागी दुःखका कारण बनिरहेको छ । हरेक बर्ष बिहारलाई बगाउने नदीले अब नेपाली भू–भागलाई बगाउन थालेको छ । यसको कारण हो बाँधको चाबी नेपालसँग नहुनु !

सन् १९९४ मा कोशी सम्झौता भई सुनसरी र सप्तरी जिल्लाको सिमानामा कोशी व्यारेजको निर्माण भएको हो । त्यही सम्झौतामा टेकेर भारतले ६ बर्ष लगाएर व्यारेज बनाएको थियो । यसको शिल्यानास १९५९ मा नेपालका तत्कालिन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहर लाल नेहरुले गरेका थिए ।

कोशी व्यारेजको सम्पूर्ण संचालन भारतको हातमा रहेको छ । जसकारण हरेक बर्ष नेपाली भू–भाग डुवानमा परिरहेको छ । नेपालले कोशी बाँध सम्झौतामा भारतलाई सहयोग गरेको थियो तर आज त्यही सम्झौता नेपालका लागी घाँडो सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्